काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गर्नुभएको छ ।
पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा आज उहाले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिनुभयो ।
‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ’ प्रचण्डले भन्नुभयो, ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’
उनले यसमा गडबड हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गर्नुभयो । ‘कम्तीमा (गठबन्धनको) नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस् उहाले भन्नुभयो, ‘गडबड हुन दिइँदैन यो पटक । स्थानीय तहमा जस्तो हुन दिइँदैन ।’
यसरी जाँदा एक पटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने बताउनुभयो ।
संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने बताउनुभयो ।
‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए’ उहाले भन्नुभयो, ‘‘प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरिहेरि टिकट बाँड्न पाइन्छ ।’ अनलाइन खबरबाट……..
आउँदो निर्वाचनमा माओवादी दोस्रो नभए गठबन्धनमा सहज हुँदैनः प्रचण्ड
आउँदो निर्वाचनमा माओवादी दोस्रो नभए गठबन्धनमा सहज हुँदैनः प्रचण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
