काठमाडौं, १५ साउन । खोटाङको मात्तिम विर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पु¥याएको छ ।
पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा ४ घर भत्किएका छन् भने दुई दर्जन बढी घरहरूमा क्षति पुगेको छ ।
आइतबार बिहान करिब ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका–५, मात्तिम विर्तालाई केन्द्र बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले खोटाङ, ओखलढुंगा र भोजपुरका विभिन्न स्थानमा सामान्य क्षति भएको छ ।
भूकम्पको केन्द्रमा दुई घर भत्किएका छन्। दुई दर्जन बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताउनुभयो । मानवीय र पशुधन क्षति नभएको लम्सालको भनाइ छ ।
ओखलढुंगामा भूकम्पको ठूलै धक्का महशुस भएपनि पनि एक घरमा मात्र क्षति पुगेको छ ।
भोजपूरमा पनि भूकम्पका कारणले सामान्य क्षति देखिएको छ । भोजपुर नगरपालिका–१२, टक्सारको एक घरमा क्षति पुगेको बताइएको छ ।
भूकम्पको धक्का छोटो समय महसुस भएकाले क्षति कम भएको स्थानीयको भनाइ छ ।
पहाडी जिल्लाका सुरक्षा प्रमुखहरूले क्षतिको विवरण यकिन गर्ने काम भइरहेको र सबैलाई सुरक्षित रूपमा बस्न आग्रह गरेका छन् ।
खोटाङको साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खोटाङमा ६ रेक्टर स्केलको भुकम्प
खोटाङमा ६ रेक्टर स्केलको भुकम्प

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु