काठमाडौं, १८ साउन । नेपाल आयल निगमले अहिलेलाई पेट्रोलियम पदार्थको भाउ यथावत राख्ने बताएको छ ।
निगमले विज्ञप्ति निकालेर भारतीय आयल निगम (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि अझै घाटामै रहने भन्दै मूल्य समायोजन नगर्ने बताएको हो ।
निगमले निकालेको विज्ञप्तिमा अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको उल्लेख छ ।
गएको सोमवार भारतबाट पेट्रोल प्रतिलिटर १६ रुपैयाँ र डिजल १२ रुपैयाँले घटेर आएको थियो ।
मूल्य घटेर आएपछि अहिले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा रहेको तर डिजलमा नौ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।
आजै आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
यातायात व्यवसायीहरूले पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन ।
आयल निगम अझै घाटामा, तत्काल पेट्रोलियम पदार्थको मुल्य नघट्ने
आयल निगम अझै घाटामा, तत्काल पेट्रोलियम पदार्थको मुल्य नघट्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
