सुर्खेत, २० साउन । सुर्खेत वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यू भएको छ । रत्न रनजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदी चोक नजिकै बाटो काट्ने क्रममा मोठरसाईकलले ठक्कर दिँदा घाइने भएकी वीरेन्द्रनगर १० की ४३ बर्षीया बाल कुमारी नेपालीको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीका अनुसार घाईते नेपालीको उपचारको क्रममा प्रदेश अस्पताल सुखर्तेमा मृत्यु भएको हो । लु ८५ प ५१६६ नम्बरको मोटरसाईकलले ठक्कर दिएको उहाले जानकारी दिनुभयो ।
मोटर साइकलले यसरी ठक्कर दिएको थियो (भिडियो सहित)
