राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताउनुभएको हो ।
उहालाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट निर्वाचन लड्ने निर्णय लिएको बताउनुभयो ।
आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उहाको भनाइ छ । उहाले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ लगायतको सहभागिता थियो ।
