कर्णालीका युवाहरूले अब हुने प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचनमा युवाहरुलाई चुन्नुपर्नेमा जोड दिएका छन ।
राष्ट्रिय युवा परिषद्ले सोमबार सुर्खेतमा आयोजना गरेको ‘कर्णाली युवा संवाद’मा सहभागी युवाहरूले क्षमताका आधारमा २५ वर्षमुनिका युवाहरूलाई निर्वाचनमा टिकट दिनुपर्ने माग गरेका हुन । उनिहरुले राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए ।
पालिका बाहेकका माथिल्ला जिम्मेवार पदमा जानका लागि क्षमतावान युवाहरूलाई उमेर बाधक भएको भन्दै २५ देखि ३५ बर्ष उमेर समूहकालाई मात्र प्रदेशभन्दा माथिल्ला सदनहरूमा सहभागी गराउने व्यवस्था गरिएकाले यो प्रावधान हटाउनुपर्ने उनिहरुको भनाई छ ।
यसैबिच, युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताएका छन । दैलेखकी कल्पना शाहीले प्रदेशस्तरमा युवा सीप विकास तालिम केन्द्र स्थापना गर्न ढिलाइ गरिएको बताउनुभयो ।
यस्तै, कालीकोटकी रक्षा लुहारले महिला तथा किशोरीलाई रोजगारीमा जोड्न स्थानीय तह र पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाउन नसकेको गुनासो गर्नुभयो ।
संवादमा दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र सुर्खेत जिल्लाका युवाहरुको सहभागिता थियो ।
अबको निर्वाचनबाट युवाहरुलाई चुनौं
अबको निर्वाचनबाट युवाहरुलाई चुनौं
![](https://sankalpaonline.com/wp-content/uploads/2022/08/Youth.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु