सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले गुणस्तरिय शिक्षाका लागि दश बर्षिय रणनीति तयार पारेको छ ।
शिक्षामा गुणस्तर कायम गर्नको लागि नगरपालिकाले दश बर्षिया रणनीति तयार गरेको हो ।
नगरपालिकाले प्रारम्भिक वालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गरि यसलाई सबै बालबालिकाका लागि अनिवार्य गरिने रणनीतिमा उल्लेख गरिएको छ ।
त्यसैगरी नक्साङ्कनका आधारमा नगरपालिका क्षेत्रभित्र विद्यालयको स्थापना, समायोजन तथा पुनर्वितरण गरी सबै बालबालिकाको पहुँच र सहभागिताको सुनिश्चितता गरिने रणनीति लिएको छ ।
यसै सन्दर्भमा गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकालले वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरू दशवर्ष भित्र विद्यालय शिक्षामा लगानी गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने र विद्यार्थीले साझा अपनत्व महसुस गराइने बतउनुभयो ।
योजनामा २०८८ सम्ममा प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर एक सय दुई प्रतिशत पु¥याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पु¥याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ८५ प्रतिशत पु¥याउने, विद्यालय भन्दाबाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने उल्लेख गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको शिक्षामा बजेट बढाउँदै कुल बजेटको २० प्रतिशत बजेट पु¥याउने योजना रहेको छ ।
शिक्षाको गुणस्तर कायम गर्न दश बर्षे रणनीति तयार
शिक्षाको गुणस्तर कायम गर्न दश बर्षे रणनीति तयार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु