काठमाण्डौ – नेपालमा थप एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप चार सय ३८ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६ जना पुगेको छ । थप दुई जना सङ्क्रमितको मृत्यू भएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नौ सय ७४ जनाको मृत्यू भएको हो ।
थप एक लाख ७१ हजार आठ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकै दिन १ हजार ९० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यू
एकै दिन १ हजार ९० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
