सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न उहाले माग गर्नुभएको हो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले कानुनभन्दा आफूलाई माथि राखी दलितमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
सार्वजनिक पदमा बसेर जातीय विभेदलाई प्रश्रय दिन लगाउने र दलितलाई जातका आधारमा अपमान गर्ने गैरजिम्मेवार कर्मचारीलाई कानुनी दायरामा ल्याउनुपर्ने सांसद परियारले बताउनुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग
दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग
![](https://sankalpaonline.com/wp-content/uploads/2022/08/laxi_pariyar_Vhmqdyuz0u.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु