सुर्खेत– सल्यानको कालिमाटीमा रहेको घुईयाबारीबाट बाघलाई नियन्त्रणमा लिईएको छ । प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।
आज बिहान करिब ६ बजे सल्यान कालिमाटी गाउँपालिका–७ बाटुले बस्ने तुल्सी कुमारी घर्तीको गोठमा बाधेका एक हल गोरु मरेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए ।
प्रहरी चौकी घुईयाबारी सल्यान खटिएको प्रहरी, र नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जको सयुक्त टोलीले बाँसघारीमा पाटेबाघ आराम गरिरहेको अवस्थामा बेहोस बनाएर नियन्त्रणमा लिएको हो ।
बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने प्रहरी चौकी घुईयाबारीले जनाएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका गेरावानीमा घाँस काट्न गएका दुई जनालाई मार्ने बाघ पनि यहि हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आतंक मच्चाइरहेको बाघ सल्यानबाट लिइयो नियन्त्रणमा
आतंक मच्चाइरहेको बाघ सल्यानबाट लिइयो नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
