दैलेखको गुराँस गाउँपालिकामा कार्यालयमा भएको घटनाको विषयमा गठित छानविन समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ ।
१५ दिनभित्र समितिले घटनाको छानबिन गरेर प्रतिवेदन पेश गरिसक्ने भनिएपनि समितिको म्याद १० दिन थप गरिएको थियो ।
आफुहरुले पाएको समय अवधीमा नै प्रतिवेदन पेश गरिएको समितिका संयोजक एवम दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले संकल्प अनलाइनलाई जानकारी दिनुभयो ।
यता, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरलले समितिले प्रतिवेदन पेश गरिसकेको र प्रतिवेदनको विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘गत असार ३१ गते गाउँपालिकाको कार्यालयमा करार कर्मचारीको आन्दोलनका क्रममा भएको घटनाको विषयमा गठित छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ, उक्त प्रतिवेदनलाई हामीले अध्ययन गरिरहेका छौ, अबको केहीदिनमा नै प्रतिवेदन सार्बजनिक गर्छौ ।’
घटनाको छानबिन गर्न भन्दै दुल्लु नगरपालिका प्रमुुख प्रशासकीय अधिकृत नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिको सदस्यमा निमित्त जिल्ला समन्वय अधिकारी भक्तबहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्यसचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा रहेका थिए ।
करार कर्मचारीहरुको फाइल अध्ययन गर्न समिति
यता, गुराँस गाउँपालिकाले उपाध्यक्ष शिवा कुमारी खड्काको संयोजकत्वमा निवर्तमान सेवा करार कर्मचारीको सुझाव संकलन छानबिन समिति गठन गरि अध्ययन थालेको छ ।
समितिले करारमा नियुक्त भएका कर्मचारीहरुको योग्यता क्षमता र नियुक्तीको पक्रियालाई अध्ययन गरिरहेको र केही दिनमा कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । समितिका संयोजक एवम उपाध्यक्ष खड्काले ८ वटै वडाका अध्यक्षहरुसहित कर्मचारीहरुसँग छलफल र सुझाव संकलन भइरहेको बताउनुभयो ।
यसैबिच, गाउँपालिकाले वडा नम्बर ३ का वडा अध्यक्ष काशिराम शर्माको संयोजकत्वमा कार्यालयमा भएको क्षतीको छानबिन गर्न समेत समिति गठन गरेको थियो । उक्त समितिले पेश गरेको रिपोर्ट कार्यपालिकाले पारित गरेको पालिका प्रवक्ता एवम वडा नम्बर ८ वडा अध्यक्ष दीपेन्द्र ओलीले बताउनुभयो ।
गाउँपालिकामा करार कर्मचारीको आन्दोलनका क्रमममा प्रहरीले गोलि चलाउँदा दुइजना घाइते भएका थिए । भने कार्यालय तोडफोड समेत भएको थियो । घटनाका विषयमा संघिय संसदसम्म आरोप प्रत्यारोप चलेको थियो ।
गुराँस घटनाको छानबिन गर्न बनेको समितिको रिपोर्ट पेश, केही दिनमा सार्बजनिक गर्ने तयारी
गुराँस घटनाको छानबिन गर्न बनेको समितिको रिपोर्ट पेश, केही दिनमा सार्बजनिक गर्ने तयारी
"पालिका उपाध्यक्षको नेतृत्वमा गठित समितिले छानबिन गर्दै "
![](https://sankalpaonline.com/wp-content/uploads/2022/08/Gurash-MK.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु