कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका साझेदार संस्थाहरुले सहयोग बढाउन थालेका छन ।
मानव विकास सुचाकांकमा पछाडी रहेको प्रदेशको स्वास्थ्य अवस्था सुधारका गर्न भन्दै विभिन्न साझेदार संस्थाहरुले लगानी बढाउन थालेका हुन ।
अहिले अमेरिकी सहयोग नियोग (युएसएआइडी) लगायतका साझेदार संस्थाहरुले स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेका छन ।
पछिल्लो समय वान हर्ट वल्र्ड वाइजले पनि स्वास्थ्य क्षेत्रको सुधार भन्दै ६६ करोड भन्दा धेरै सहयोग गर्ने भएको छ ।
सुर्खेत बाहेकका ९ जिल्लामा उक्त रकम स्वास्थ्य क्षेत्रको सुधारका लागि ६६ करोड १० लाख ९ हजार ६ सय ८३ रकम खर्च गरिने वान हर्ट वल्र्ड वाइजले जनाएको छ ।
जसअन्तरगत डोल्पामा ४ करोड ८१ लाख ६० हजार ४२ रकम खर्च गरिने छ भने सल्यानमा ८ करोड ५६ लाख ९६ हजार ६ सय ५७, रुकुम पश्चिममा ६ करोड ९७ लाख २१ हजार, कालिकोटमा ८ करोड ७१ लाख ५४ हजार एक सय ५८ रुपैया स्वास्थ्य क्षेत्र सुधारमा खर्च गरिने जनाएको छ ।
त्यसैगरी, ८ करोड ७९ लाख ७ हजार १ सय २३ रुपैया खर्च गरिँदा हुम्लामा ८ करोड ४५ लाख एक हजार पाँच सय २७ रुपैया, जाजरकोटमा ९ करोड २० लाख ३६ हजार पाँच सय ५२, जुम्लामा ४ करोड ९७ लाख २४ हजार ८ सय ५३ र मुगुमा ५ करोड ५२ लाख ७ हजार एक सय ४९ रकम स्वास्थ्य क्षेत्र सुधारको लागि खर्च गरिने संस्थाका निर्देशक सुर्य भट्टले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम सन २०२७ सम्म संचालन हुने उहाले जानकारी दिनुभयो । यो परियोजना कर्णाली र मधेश प्रदेशमा लागु हुने छ ।
यस विषयमा बुधबार प्रदेश राजधानी सुर्खेतमा छलफल कार्यक्रम गरि पछाडी रहेको स्वास्थ्य क्षेत्रलाई अगाडी ल्याउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रमा लगानी मात्रै गरेर नहुने भन्दै दक्ष जनशक्ती उत्पादन गर्न सुझाव दिएका छन ।
उनिहरुले अहिले गाउँ गाउँमा स्वास्थ्य सेवाहरु पुगेको भएपनि दक्ष जनशक्ती नहुँदा गुणस्तरिय सेवा संचालन हुन नसकेको र राज्यलाई करडौंको भार परेको बताए ।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ती नहुँदा स्वास्थ्य क्षेत्र गुणस्तरिय हुन नसकेको बताउनुभयो । उहाले भन्नुभयो, ‘अहिले प्रत्येक पालिकाले वर्थिङ सेन्टरसँगै स्वास्थ्य सेवा कार्यालयहरु खोलेका छन, तर दक्ष जनशक्ती छैन, एकातिर राज्यलाई व्ययभार पनि बढेको छ, अर्कोतिर स्वास्थ्य सेवा पनि सहज छैन ।’ उहाले थप्नुभयो, सुर्खेतमा पनि यो कार्यक्रम लागु गर्न म सुझाव दिन्छु, किनकी प्रदेश अस्पतालले अहिले सेवा गुणस्तर बढाएको छ, तर सबै जिल्लाका बिरामी आउने ठाउँ यही हो, यो जिल्लाको सबै ठाउँमा स्वास्थ्य क्षेत्रको सुधार हुन सकेको छैन ।’
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद कार्पीले साझेदार संस्थाले गर्ने काम परिणामुखी हुनुपर्नेमा जोड दिनुभयो । साझेदार संस्थाहरुलाई कर्णालीमा हामी स्वागत गर्छौ, उहाले भन्नुभयो, ‘आए राम, गए राम भनेजस्तो नगरि परिणामुखि काम गर्नुपर्यो, सरकार सहयोग गर्न तयार छ ।
कर्णालीको स्वास्थ्य क्षेत्र सुधारमा साझेदार संस्थाहरुको करोडौं लगानी
कर्णालीको स्वास्थ्य क्षेत्र सुधारमा साझेदार संस्थाहरुको करोडौं लगानी
"आए राम गए राम नगर्न परियोजनाहरुलाई सुझाव "
![](https://sankalpaonline.com/wp-content/uploads/2022/08/karnali-pradesh.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु