सुर्खेत । कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवस मनाइएको छ ।
२०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।
स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।
उहाले बजेट नै भएन भनेर भन्ने तर आएको बजेट आधा पनि कार्यान्वयन गर्न नसक्ने भन्दै प्रश्न उठाउनुभएको हो ।
कर्णालीमा विकास बजेट २८ देखि ३० प्रतिशत मात्रै खर्च भयो भनेर असरमा सुन्न नपरोस भनेर उहाले सुझाव समेत दिनुभयो ।
प्रदेश प्रमुख जोशीले पैसा नपाएर कर्णाली गरिब हुने, विकास नहुने तर भएको पैसा खर्च नहुने भन्दै यो जस्तो अप्ठ्यारो र लाजको विषय अरू केही नहुने बताउनुभयो ।
कर्मचारीले दत्तचित्त भएर काम गर्न सुझाव उहाको छ । साथै कर्णालीको विकासमा सबै दलहरू एकजुट भएर अघि बढ्न उहाले आग्रह गर्नुभयो ।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले शहिदको बलिदानीबाट बनेको कर्णालीलाई समृद्ध बनाउनको लागि दत्तचित्त भएर लाग्ने बताउनुभयो ।
उहाले कर्णालीमा रहेको गरिबी र बेरोजगारी समस्या हल गर्नको लागि सरकार लागिरहेको बताउँदै विगतभन्दा कर्णाली परिवर्तन भएको दाबी गर्नुभयो । उहाले विकास र समृद्धिका सबै पक्षले हातेमालो गरेर जानुपर्नेमा जोड दिनुभयो ।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता राजकुमार शर्माले संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृतता हावी भएको बताउनुभयो ।
यसले संघीयता कार्यान्वयनमा जटिलता थपिएको भन्दै संघियताको भावना र मर्मअनुसार काम हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारको कामै छैन भनेर एकथरी तत्त्व लागिरहेको बताउँदै शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्ने आवश्यकता उहाले औल्याउनुभयो ।
स्थापना दिवसको अवसरमा सभामुख नन्दा गुरुङ्ग र उपसभामुख यशोधा न्यौपाने लगायतले आफ्ना धाराणा प्रस्तुत गर्नुभएको थियो ।
यसैबिच, प्रदेशसभा स्थापना भएको ७ बर्षमा चार जना मुख्यमन्त्री र ४१ जना मन्त्री भएका छन् ।
४० सदस्यीय प्रदेशसभा रहेको कर्णालीमा स्थापनाको पहिलो कार्यकालमा २३ जना र दोस्रो कार्यकालको १९ महिनामा २२ सांसदहरू मन्त्री बनेका छन् । अहिलेसम्म माओवादीका दुई, कांग्रेस र एमालेबाट एक÷एक गरी चार जना मुख्यमन्त्री बनेका छन् भने मन्त्री हुनेमा सबैभन्दा धेरै माओवादीबाट छन् ।
कर्णालीको विकास समृद्धीलाई अगाडी बढाइने
कर्णालीको विकास समृद्धीलाई अगाडी बढाइने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु