सुर्खेत । कर्णाली प्रदेशका ७२ वटा स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भएको छ । ७९ वटा पालिकामध्य अब ७ वटा पालिकामा मात्रै सेवा विस्तार हुन बाँकी रहेको हो । नेपाल टेलिकम दुरसञ्चार प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
प्रादेशिक निर्देशनालयका मधुसुधन दाहालले नेपाल टेलिकमको सेवा कर्णालीका ७ स्थानीय तहमा मात्रै पुग्न बाँकी रहेको भन्दै अबको एक÷दुई बर्षभित्र सेवा विस्तार भइसक्ने जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पाका तिन स्थानीय तह र हुम्लाका ४ स्थानीय तहमा नेपाल टेलिकमको सेवा पुग्न बाँकी छ । अहिले त्यहाँ सेवा विस्तारका लागि काम भइरहेको उहाको भनाई छ ।
कर्णालीमा नेपाल टेलिकममा २ सय ८१ वटा टावरहरु रहेको भन्दै केही टावरहरु निर्माणको पक्रियामा रहेको उहाले जानकारी दिनुभयो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले २१ बर्षमा प्रवेश गर्दै गर्दा टेलिकमको सेवा थप गुणस्तरिय बनाउन लागिएको बताउनुभयो ।
उहाले सेवाग्राहीहरुलाई सेवामा सहज बनाउनको लागि कार्यालयबाट २४ सै घण्टा काम भइरहेको भन्दै सरोकारवालाहरुसँग समन्वय गरिने बताउनुभयो । नेपाल टेलिकमले भोली आफ्नो स्थापना दिवस् मनाउँदै छ । दिवसका अवसमार कर्णालीमा पनि विभिन्न कार्यक्रम गरिने जनाइएको छ ।