सुर्खेत । साइनिङ स्टार फाउण्डेसनले कर्णालीका गरिब, विपन्न एकल महिलाहरुलाई सिलाईकटाई तालिम दिएर स्वरोजगारको बाटोमा लगाएको छ ।
सुर्खेत, दैलेख, जुम्ला र जाजरकोटका ७ जना महिलाहरुलाई चार महिनासम्म सिलाई कटाई तालिम अध्यन पुरा गराएर स्वरोजगारको बाटोमा लगाएको हो ।
उनिहरुलाई एक कार्यक्रमकाबिच सीलाईकटाई सम्बन्धिका मेसिनहरु समेत वितरण गरिएको फाउण्डेसनका अध्यक्ष राजु लामिछानेले जानकारी दिनुभयो ।
चार महिनासम्म आवासिय रुपमा संचालन गरिएको तालिममा सहभागी महिलाहरुले अब आफुहरु स्वरोजगार हुनेगरी लाग्ने बताएका छन् ।
उनिहरुले सीप सिकेपछि अब आफ्नै व्यवसाय संचालन गरि स्वरोजगार हुने भन्दै फाउण्डेसनलाई अवसर दिएकोमा धन्यवाद ज्ञापन समेत व्यक्त गरेका छन् ।
एकल महिलाहरु स्वरोजगारको बाटोमा
एकल महिलाहरु स्वरोजगारको बाटोमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु