सुर्खेत । सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराती आगलागी भएको छ । गएराती ११ बजे महोत्सवमा राखिएका १३८ स्टलमध्य आगलागीहुँदा ८० स्टल जलेका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ १८ गतेदेखि ब्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन गरिएको थियो ।
गएराती लागेको आगो स्थानीय, नेपाली सेना र प्रहरीले आइतबार विहान १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ ।
आगलागीका कारण महोत्सवमा झण्डै १० करोडको क्षती भएको छ । आगलागीका क्रममा विद्युत बलिरहेको र विद्युत सट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने अनुमान छ ।
आगलागीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
सल्यानमा जारी महोत्सवमा राखिएका स्टलमा आगलागीः करोडौंको क्षती
सल्यानमा जारी महोत्सवमा राखिएका स्टलमा आगलागीः करोडौंको क्षती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु