काठमाण्डौ । सरकारले गएको साउनदेखि पुस मसान्तसम्ममा २ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र गरेको जानकारी गराउनुभएको हो ।
प्रतिवेदन अनुसार १ सय ८१ किलोमिटरभन्दा केही बढी दुई लेनको र साढे २० किलोमिटर चार लेनको सडक कालोपत्र भएको छ । सरकारले यो वर्ष ८ सय किलोमिटर दुई लेनको र १ सय २० किलोमिटर चार लेनको गरी ९ सय २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा गरी दुई लेनको १८ हजार ५ सय ४८ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस्तै चार लेनको २ सय ४३ किलोमिटर सडक कालोपत्र भएको छ ।
देशभरमा गरी ३ हजार ४ सय ४० वटा पक्की पुल निर्माण भएका छन् । प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २१ वटा पुल निर्माण भएका छन् । यस्तै चालू आर्थिक वर्षमा रेल्वे अन्तर्गत ३ वटा पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
६ महिनामा २ सय किलोमिटरभन्दा सडक पिच
६ महिनामा २ सय किलोमिटरभन्दा सडक पिच
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु