सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रहेका दुइ मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाउने तयारी भएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाइएको छ ।
उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुनुहुन्छ भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निर्देशनमा मन्त्री फेरबदल गर्न लागिएको प्रदेश सांसद एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिनुभयो ।
कर्णाली सरकारका मन्त्री फेरिदै, २ मन्त्री फिर्ता बोलाउने माओवादीको तयारी
कर्णाली सरकारका मन्त्री फेरिदै, २ मन्त्री फिर्ता बोलाउने माओवादीको तयारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
