कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज आइतबार राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनिहरुलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजीनामा राजीनामा दिनुभएको हो ।
राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरि सक्नुभएको छ ।
उहाहरुको राजिनामासँगै सरकारले भोली नयाँ मन्त्री नियुक्त गर्ने तयरी गरेको छ । सरकारको मन्त्री परिषदलाई समावेशी बनाउन मन्त्री परिवर्तन गर्न लागिएको जनाइएको छ ।
भोलि सोमबार नयाँ मन्त्रीकोहरू नियुक्त हुने मुख्यमन्त्री जीवन बहादुर शाहीले जानकारी दिनुभयो ।
माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले मन्त्रीका लागि सांसद रातो कामी र कृष्णा शाहलाई शिफारिस गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले दिए राजिनामा
कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले दिए राजिनामा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
