सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुइ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ खुवाउनुभएको हो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त आजै नियुक्त गर्नुभएको थियो । नियुक्त मन्त्रीहरुलाई सोमबार नै पद तथा गोपनियताको सपथ गराइएको हो ।
यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्रीको लागि सांसद शाह र कामीलाई शिफारिस गरेको थियो ।
अर्थमन्त्रीमा बनेका शाह जाजरकोटबाट सामानुपतिक सांसद हुनुहुन्छ भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।
कर्णाली प्रदेशका नवनियुक्त दुइ मन्त्रीले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त दुइ मन्त्रीले लिए शपथ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
