सुर्खेत । सुर्खेत वीरेन्द्रनगर १० बामेखोला पटानटोलमा तीजको नाच हेर्ने गएका एकजनाको हत्या भएको छ । नाच हेर्न गएका स्थानीय युवाहरुबिच विवाद हुदा झडप भएको थियो । झडपका क्रममा ढुङ्गा प्रहार गरि सुर्खेतका रोशन जिसी घाईते हुनुभएको र उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ढुङ्गा प्रहारबाट गम्भिर घाइते भएका उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयाे । घटनाका विषयमा थप अनुसन्धान भईरहेको उहाले बताउनुभयो ।
तिजको नाच हेर्न गएका सुर्खेतका एक जनाको हत्या
तिजको नाच हेर्न गएका सुर्खेतका एक जनाको हत्या
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु