सुर्खेत । प्रदेश र संघिय निर्वाचन नजिकिएसँगै काँग्रेस सुर्खेतले दुइवटै निर्वाचन क्षेत्रको लागि उमेद्वारहरुको नाम सिफारिस गरेको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसले उपसभापती समेत रहेका पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्काको नाम सिफारिस गरेको छ । भने क्षेत्र नम्बर दुइमा पूर्व मन्त्री नेपाली कांग्रेसका नेता हृदयराम थानीसहित चार जनाको नाम सिफासिर गरेको छ ।
क्षेत्र नम्बर २ मा थानीसहित श्याम भारती, निरञ्जन केसी र कलम बहादुर खत्रीलाको नाम सिफारिस गरेको नेपाली काग्रेस क्षेत्रिय कार्यसमितिले जनाएको छ । सिफारिस भएका उमेद्वारहरुमध्य थानी यो क्षेत्रको लागि बलियो उमेद्वार हुनुहुन्छ । उहा सुर्खेती जनतामा नै लोकप्रिय नेता भएको हुँदा उहाले जित्ने सम्भावना धेरै भएको काँग्रेसका नेताहरु बताउछन ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर दुइको समानुपातितर्फ ११ जना सिफारिस भएको नेपाली काँग्रेस क्षेत्र नम्बर २ क्षेत्रिय कार्यसमितिले जनाएको छ ।
जसअनुसार शिवराज जोशी, जानकी सिंह, गोविन्द बहादुर मल्ल, बल बहादुर विसी, धर्मराज गिरी, लोक बहादुर विश्वकर्मा, तिर्थजंग शाही, साधना घिमिरे, प्रेम प्रकाश खड्का, डम्बरदेवी उपाध्याय र यमुना साप्कोटाको नाम सिफारिस गरेको छ ।
प्रदेशसभामा को को भए सिफारिस
नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव मोहन रानाका क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ हाल प्रदेशसभा सदस्य रहेकी अमृता शाहीको नाम एक नम्बरमा सिफारिस गरिएको छ ।
यस्तै, भूपेन्द्र चन्द, भूपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ ।
समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलामति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको रानाले जानकारी दिनुभयो ।
यसैबीच क्षेत्र नम्बर २ (क) तर्फ प्रत्यक्षको लागि काँग्रेस सुर्खेतका पूर्व पाटी सभापति कमलराज रेग्मी सहित ९ जनाको नाम सिफारिस गरेको छ ।
रेग्मी सहित कर्णबहादुर बुढा, कालिप्रसाद शाक्य, नारायण सापकोटा, देवकुमार सुवेदी, हरि विष्ट, गोविन्द्र कोइराला, तिर्थजंग शाही र बालदिप कँडेलको नाम सिफारिस गरेको छ ।
सुर्खेतका दुइ वटा निर्वाचन क्षेत्रबाट काँग्रेसका को को भए सिफारिस
सुर्खेतका दुइ वटा निर्वाचन क्षेत्रबाट काँग्रेसका को को भए सिफारिस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
