काठमाडौं । निर्वाचन आयोगले संसद्को कार्यकाल निर्वाचनपछिसम्म हुने गरी सघीय संसदमा पेस भएको विधेयकप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
आयोगले आज सोमवार एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको निर्वाचनको मितिलाई आधार मानी गणना गर्दा फरक–फरक मितिमा निर्वाचन भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा भनिएको छ ।
आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल गणना गर्ने आधारसमेत खुलाइ आयोगले दिएको परामर्शका आधारमा चुनावको मिति तोकी तयारीको कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकालका सम्बन्धमा अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय नदेखिने जनाएको छ ।
आउँदो मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको छ ।
निर्वाचन आयोगले सङ्घीय संसद् तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगसमेत परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको पनि विज्ञप्तिमार्फत स्मरण गराएको छ ।
संसद्को कार्यकाल थप हुनेगरी पेस भएको विधेयकप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
संसद्को कार्यकाल थप हुनेगरी पेस भएको विधेयकप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
