सुर्खेत । २०७२ को नयाँ संविधानपछि नेपाल संघिय संरचनामा गयो । संघियता अनुसार तिन तहका सरकारहरु गठन भए । विशेषगरी नेपालको लागि प्रदेश सरकार नौलो अभ्यास थियो । घरदैलो नजिकै सरकार आएपछि विकासका मुहानहरु फुट्छन, भनेर चर्चा गरियो । जनताले पनि धेरै अपेक्षा गरेका थिए । संवैधानिक रुपमा अधिकार प्राप्त प्रदेश सरकारबाट जनता यो पाँच बर्षको अवधीमा निरास भएका छन ।
प्रदेश सरकार गठनपछि कामभन्दा पनि धेरै सत्ता परिवर्तन र कामबिहीन सरकार बनेको भन्दै नागरिक स्तरबाट आलोचना भएको छ । यती सम्म की संघिय संरचना अन्तरगतको प्रदेश खारेजी गर्नुपर्ने जस्ता आवाजहरु उठ्न थालेका छन । तथापी प्रदेश सरकार संचालनको क्रममा विभिन्न कानुनी जटिलता त थिए । सरकार संचालनको क्रममा संघिय सरकारले पर्याप्त कानुन नबनाइदिँदा पनि समस्या भएको कतिपयको बुझाई छ ।
सांसद भन्छन, जन अपेक्षा अनुसारको काम भएन
कर्णाली प्रदेशसभा सदस्यहरुले जनअपेक्षा अनुसरको काम प्रदेश सरकारले गर्न नसकेको बताएका छन । पाँच बर्षिया कार्यकाल सकिनै लागेका उनीहरुले सरकारले जनचाहानाअनुसारको काम गर्न नसकेको बताएका हुन ।
कर्णाली प्रदेश सरकार गठन भएपछि जुन जनताका आशा अपेक्षा थिए, त्यस अनूसारको काम हुन सकेन, उनिहरु भन्छन ।
संकल्प अनलाइनसँग कुराकानी गर्दै, उनीहरुले गाउँगाउँमा सिंहदरबार भनेर चर्चा जस्तो संघियता अनुभुती जनताले प्रदेश सरकारबाट गर्न नपाएको उनिहरुको भनाई छ । पाँच बर्षको कार्यकालमा सांसदहरु पनि धरै फुर्सदिला भएको देखिएको छ ।
प्रदेश सभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले जनताको व्यापक आशा र उत्साह भएपनि पहिलो संरचना, जनशक्ति, कानुनको अभाव र कार्यान्वय पक्ष फितलो हुदा काम गर्न सरकारले नसेको स्वीकार गर्नुभयो ।
उहाँले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि प्रदेश सभाको कानुनी विधेयक बनाउने प्रक्रियामा महत्वपूर्ण भूमीका रहेपनि सफल नभएको बताउनुभयो । उहाले भन्नुभयो, ‘हामी सांसदहरुले पनि भनेअनुसारको विजनेस पाएनौँ ।’
प्रदेशसभा सदस्य मिनासिंह रखालले पनि संघिय संरचना पछिको प्रदेश सभा नौलो अभ्यास भएकाले पनि काम गर्न कठिनाई भएको बताउनुभयो । उहाँले काम गर्ने सवालमा निभिन्न समस्या आएको बताउनुभयो ।
प्रदेश सभाले हाल सम्म विभिन्न ५१ वटा कानुन निर्माण गरेको छ । भने १५ वटा कानुन निर्माणको लागि विद्येयक पेश गरेको छ ।
प्रदेश सभा सदस्य सुशिलकुमार थापाले प्रदेश सरकार पहिलो दुई वर्ष केही राम्रा कामको सुवात गरेपनि पछिल्लो समय गलत राजनीतिले गर्दा प्रदेश सभाका कामहरु प्रभावित भएका बताउनुभयो । त्यसले गर्दा महत्वपूर्ण विधेयक र कानून निमार्णमा अवरोध पुगेको बताउनुभयो । उहाले भन्नुभयो, ‘कर्णाली प्रदेशसभामा इतिहास र संघियताकै कलंकका रुपमा फ्लोर क्रस गर्ने जस्ता कामहरु भए, संसदलाई बन्धक बनाइयो ।’
पहिलेको सरकार केही रुपमा आफ्नो कामलाई लयमा लिएको भएपनि गठबन्धन सरकारले कामै गर्न नसकेको बताउनुभयो ।
यता, सरकारले पाँच वर्षको अवधिमा सन्तोषजनक काम भएको दाबी गरेको छ । प्रदेश सरकारको संरचनाको अभाव, आवश्यक जनशक्तिको कमी र स्रोत साधनको अभावका बावजुद पनि कर्णाली सरकारले सन्तोषजनक र सकरात्मक काम गरेको दाबी सरकारको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीले भन्नुभयो, ‘सरकारले भौतिक संरचनादेखि सडक निर्माण र विद्युत क्षेत्रमा धेरै काम गरेको छ, पहिले विकास नभएका ठाउँमा बाटाघाटा, पुलपुलेसाहरु पुगेका छन ।’
नौलो संरचना भएकाले प्रदेश सरकारले गरेका विकासका कामहरु दिर्घकालिन रुपमा देखिने उहाको भनाई छ ।
प्रदेश सभाको पाँच बर्षः सांसदहरु भन्छन जनअपेक्षा अनुसारको काम भएन
प्रदेश सभाको पाँच बर्षः सांसदहरु भन्छन जनअपेक्षा अनुसारको काम भएन
"अधिकांस समय सांसदहरु पनि फुर्सदिला "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
