सुर्खेत । जाजरकोट नलगाड नगरपालिका ५ मा ज्वरोका कारण एक विद्यार्थीको मृत्यु भएको छ ।
नगरपालिका स्थित जुनी माद्यामिक विद्यालय सिर्केमा कक्षा ७ मा अध्यनरत मेनुका खड्काको मृत्यु भएको हो । विद्यालयमा अध्ययरत छात्राको मृत्युभएपछि विद्यालय बन्द गरिएको छ ।
विद्यालयका विद्यार्थी तथा शिक्षक, शिक्षिका विरामी भएपछि गणेश प्राथमिक विद्यालय लविसा समेत बन्द गरिएको छ ।
गाउँगाउँमा विरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरिश बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी पठाईदिन नगरपालिकालाई जानकारी गराएपनि अहिले सम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको जानकारी उहाले दिनुभयो ।
हप्ता दिनमा बढेको ज्वरो र रुघाखोकीका कारण गाउँनै समस्यामा परेको स्थानीयले बताएका छन ।
यता, हुम्लाको सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्तरगत पर्ने देवल आधारभुत विद्यालयाका बिद्यार्थी अज्ञात रोगका कारण धमाधम बेरामी हुन थालेका छन ।
विद्यार्थीहरु बिरामी पर्न थालेपछि आउदो आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।
८ कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १ सय ५० जना विद्यार्थी रहेका छन । ति मध्य अधिकासंस विद्यार्थीहरु बिरामी परेका हुन ।
ज्वरो आउने, उल्टि हुने, टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न गारो हुने, एकासी ढल्ने, रुने कराउने जस्ता लक्षण देखा परेको विद्यालयलले जनाएको छ ।
बिद्यालयका प्रधानाध्यापक काली बहादुर रावतका अनुसार विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि पठनपाठन बन्द गरिएको हो । उपचारका लागि गाउँपालिकाले चिकित्सकहरु पठाउने तयारी गरेको छ ।
ज्वरोका कारण जाजरकोटमा एक विद्यार्थीको मृत्यु, विद्यार्थीहरु बिरामी पर्न थालेपछि हुम्लाको एक विद्यालय बन्द
ज्वरोका कारण जाजरकोटमा एक विद्यार्थीको मृत्यु, विद्यार्थीहरु बिरामी पर्न थालेपछि हुम्लाको एक विद्यालय बन्द
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
