सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन २०७९ परिमार्जन गर्न माग गरेको छ ।
नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयमार्फत गभर्नरलाई बधबार विरोधपत्र बुझाउँदै संघले भदौ ७ गते जारी भएको चालू पूँजी मार्गदर्शनले उद्यम व्यवसायमा प्रतिकूल असरपर्ने भन्दै यस्तो माग गरेको हो ।
चरम् आर्थिक संकटका बेला निजी क्षेत्रलाई अनुदानका साथै प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्नेमा झनै कमजोर र धराशायी बनाउने गरी कर्जा प्रवाहमा संकुचन गरी उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पुँजी कर्जाको सीमा निर्धारणमा फरक गर्नेगरी राखिएका विभेदकारी प्रावधानमा राखिएको भन्दै असन्तुष्टि जनाएको छ ।
अध्यक्ष लक्ष्मण कंडेलको नेतृत्वमा निवर्तमान अध्यक्ष धनबहादुर रावत, महासचिव भद्र भण्डारीसहितको टोलीले विरोधपत्र बुझाएको बताइएको छ।
राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन परिमार्जन गर्न माग
राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गदर्शन परिमार्जन गर्न माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु