सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले विकाससँगै हरेक क्षेत्रमा युवाहरुलाई जोड्न सके मात्रै समृद्ध समाज निर्माण हुने बताउनुभएको छ ।
प्रयास परियोजनाले आईतबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख ढकालले युवाहरुको सहभागिता हरेक क्षेत्रमा हुन सके मात्रै समृद्ध समाज निर्माण गर्न सकिने बताउनुभएको हो ।
विकासका लागि युवा शक्ती आवश्यक रहेको भन्दै नगरपालिकाले युवा सहभागिता बढाउन नीति नै बनाउनेगरी छलफल अगाडी बढाउने उहाको भनाई छ ।
युवाहरुको लागि छुट्याइएको बजेट कार्यान्वयनको अवस्था केछ ? भनेर खोज्ने काम पनि गर्न सुझाव दिँदै उहाले यदी बजेट कार्यक्रम नै नभएको खण्डमा दवाव सिर्जना गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
अब प्रश्न मात्रै नभएर हस्तेक्षपकारी भुमीका निर्वाह गर्दै समस्याको समाधानको बाटो देखाउनेगरी युवाहरुले भुमीका निर्वाह गर्नुपर्ने ढकालको सुझाव छ ।
कार्यक्रममा उपप्रमुख निलकण्ठ खनाल र परियोजनासँग जोडिएका विभिन्न व्यक्तीहरुले आफ्नो भनाई राखेका थिए ।
प्रयास परियोजनाले तिन बर्षमा गरेका कार्यको प्रगति समिक्षा समेत गरिएको थियो । उक्त परियोजनाले सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकवेसी नगरपालिकामा विपद व्यवस्थापन र जलवायु परिवर्तन न्युनिकरण सम्बन्धिको काम गरेको थियो ।
नेतृत्वमा पुग्न युवाहरुको हस्तक्षेपकारी भुमीका आवश्यक छः नगरप्रमुख ढकाल
नेतृत्वमा पुग्न युवाहरुको हस्तक्षेपकारी भुमीका आवश्यक छः नगरप्रमुख ढकाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

