बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यू भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यू भएको हो ।
हिजो सामुदायिक वनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यू भएको प्रहरीले जनाएको छ ।
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।
हिजोदेखि हराइरहेका वृद्धको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बीओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।
बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यू
बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
