दैलेख । दैलेख दुल्लु नगरपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् ।
दुल्लु नगरपालिका–४ पानदेउका सरुपा विकको खेत बारीमा धान गोड्दै गरेका पाँच जनालाई हिजो सोमबार चट्याङ लागेको थियो । चट्याङ लागेर पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन् । उनिहरुको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दैलेखमा चट्याङ लागेर पाँच जना घाइते
दैलेखमा चट्याङ लागेर पाँच जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
