सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकारले बाल अधिकारको संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।
राष्ट्रिय बाल दिवसका अवसरमा २०७९ शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले “बैंक खाता छोरीको सुरक्षा जीवनभरीको” कार्यक्रम संचालन गरि बालअधिकार संरक्षणमा महत्वपूर्ण काम गरेको बताउनुभएको हो ।
सन्देशमा उहाले भन्नुभएको छ, “प्रदेश सरकारले बालअधिकार संरक्षण, प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरेको छ । बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम मार्फत २० हजार छोरीहरु लाभाम्बित भएका छन, विद्यालय तथा समुदाय स्तरमा मनोसामाजिक परामर्स कार्यक्रम संचालन गरिएको छ ।”
विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग कार्यक्रम, सडक बालबालिका उद्दार तथा पुनस्थापना कार्यक्रम, विद्यालय नर्स कार्यक्रम संचालन गरिएको मुख्यमन्त्री शाही शुभकामना सन्देश मार्फत भन्नुभएको छ ।
यस्तै, मुख्यमन्त्री शाहीले प्रदेश बाल अधिकार समिति गठन अन्तिम चरणमा पुगेको भन्दै प्रदेश सरकार बाल अधिकारको संरक्षणको लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाले बालबालिकाको भविश्यक सुनिश्चित गर्नको लागि सरकारसँगै सबै पक्षको जिम्मेवारी उत्तिकै भएको उल्लेख गर्नुभएको छ ।
बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाईदै छ । हरेक बर्षको भदौ २९ गते यो दिवस मनाउने गरिन्छ ।
यस्तो छ मुख्यमन्त्री शाहीको सन्देश

