सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री हिम बहादुर शाहीले संघियतालाई बलियो बनाउन सु–शासन कायम हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री शाहीले संघीयताले जनताको घरदैलोमा सेवा पुर्याएको बताउँदै अब संघियतालाई बलियो बनाउन सु–साशन कायम हुनुपर्ने बताउनुभएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित सु–शासन सम्मेलनमा बोल्दै मन्त्री शाहीले भन्नुभयो, “कार्यालयहरुमा ढिलासुस्ती हुने, विकास निर्माणका काममा अनियमितता हुन्छ भन्ने जनगुनासो छ, म भन्छु यसले सघियतालाई कमजोर बनाउछ, संघियता बलियो भएन भने नागरिकहरुले सहज सेवा पाउँदैनन, यो व्यवस्थालाई बलियो बनाउन सु–शासन कायम हुनुपर्छ ।”
मन्त्री शाहीले, संघीयताले पिछडिएका समुदायलाई न्याय र अवसर पहुच नभएको ठाउँमा राज्य व्यवस्थाको पहुँच पुर्याउन आएको बताउदै संघीयता एकल हुन नसक्ने र समन्वय र सहकार्यमा निर्भर हुने बताउनुभयो ।
कर्णाली प्रदेशमा ५ बर्षमा ७६ ओटा कानुन निर्माण भएको र ४८ ओटा कानुन पारित भइ लागु भइसकेको जानकारी मन्त्री शाहीले दिनुभयो ।
जनताको लागि सबैभन्दा उत्तम व्यवस्था संघियता होः मन्त्री शाही
जनताको लागि सबैभन्दा उत्तम व्यवस्था संघियता होः मन्त्री शाही
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
