सुर्खेत । पल्सरको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ सुर्खेतमा ल्याइएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाल भित्र्याएको यो मोटरसाईकल आजदेखि कर्णाली प्रदेशमा असिम अटो पार्टसले पनि सार्वजनिक गरेको हो ।
२ लाख ८० हजार रुपैयाँ मूल्य रहेको एनएस १२५ गत वर्ष भारतमा सार्वजनिक भएको थियो । तर एनएस मोटरसाइकल ढिलै गरी भएपनि सुर्खेतमा समेत यो वर्षदेखि भित्रिएको हो ।
पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको बजाजको आधिकारिक विक्रेता असिम अटो पार्टस सुर्खेतका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिनुभयो ।
यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । भने एक सय ४४ केजी मात्रै यसको तौल रहेको छ ।
यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ ।
अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । एविएस उपलब्ध नभएपनि यसमा कम्वाइन व्रेकिङ सिस्टम भने दिइएको छ ।
स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ ।
नेपाली बजारमा यसले टिभिएस रेडरसंग कडा प्रतिस्पर्धा गर्ने देखिएको बजाज कम्पनीले जनाएको छ ।
बजाजको नयाँ मोटरसाईकल सुर्खेतमा
बजाजको नयाँ मोटरसाईकल सुर्खेतमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु