सुर्खेत । पश्चिमी क्षेत्रमा रहेका नदीहरुको बहाव ह्वात्तै बढेको भन्दै आसपासमा रहेका वस्तीहरुमा सतर्कता अपनाउन मौसम विज्ञान कार्यालय कोहलपुरले सचेत गराएको छ ।
लगातार भएको बर्षाका कारण ठूलो भेरी रिम्नाको पानीको बहाव बढेर ३.८ मिटर पुगेको छ । त्यसैगरी असराघाट कर्णाली नदीको बहाव ४.६४ मिटर पुगेको मौसम कार्यालयले सुचना निकालेर जानकारी दिएको छ ।
यसैबिच, लालिघाट कालिकोटको नदीमा पानीको बहाव बढेर २.७५ मिटर पुगेको भन्दै मौसम कार्यालयले सचेत रहन आग्रह गरेको हो ।
यस्तै, आज राती १२ बजे सम्म कर्णाली र सुदुरपश्चिमका केही जिल्लाहरुमा भारी बर्षा हुने मौसम विज्ञान विभागको कोहलपुर कार्यालयले जनाएको छ ।
दाङ, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत र आसपास भारी बर्षा भई उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सुचनामा भनिएको छ ।
पानी पर्ने क्रममा भोलीसम्म नै जारी रहने मौसम पूर्वाअनुमान महाशाखाको भनाई छ ।
भोलीसम्म बर्षा हुने
भोलीसम्म बर्षा हुने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु