सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने तयारी गरिएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्नेगरी प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो ।
प्रदेशको प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न चालु आर्थिक बर्षको लागि बजेट समेत विनियोजना गरेको छ ।
अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न विज्ञहरुसँग छलफल समेत थालिएको छ ।
अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आईतबार स्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल समेत गरेको छ ।
छलफलमा सहभागी विज्ञहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नु आफैमा सह्रानिय काम भएको भएपनि एमविविएस पढाईलाई फेसनको रुपमा लिन नहुने सुझाव दिएका छन ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा भगवान कोइरालाले प्रतिष्ठानलाई एमबिबिएस पढाउने फेसनमात्र बनाउन नहुने भन्दै प्रदेश सरकारको स्वामित्वमा भएपनि प्रतिष्ठान स्थापनाका क्रममा संघिय सरकारसंग समन्वय गर्दा भविष्यमा कानूनी बाधा भोग्न नपर्ने सुझाव दिनुभयो ।
प्रा.डा. रमेशनाथ अधिकारीले मुलुकका अन्य अस्पतालहरुको तुलनामा प्रदेश अस्पतालको सेवा प्रवाह उत्कृष्ट भएको बताउनुभयो । उहाले भन्नुभयो, “पूर्वाधार र सेवा प्रवाह गौरव गर्न लायक छ, अब दक्ष जनशक्तिलाई अध्ययन, अनुसन्धानमा जोड्न आवश्यकता छ ।”
प्राध्यापक डाक्टर अर्जुन कार्कीले अरु स्वास्थय विज्ञान प्रतिष्ठानबाट सिकेर प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न सकिने सुझाव दिनुभयो ।
अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न सङ्काय तत्काल सञ्चालन गर्न सक्ने दश जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानको रुपमा विकास गर्न सकिने गरि आफ्नो प्रस्तुती राख्नुभएको थियो । प्रस्तुतीमा उहाले “स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरुरी छ, हरेक प्रदेश राजधानीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेका छन्,” उहाले कर्णालीमा पनि स्वास्थ्य क्षमता सुदृढिकरण गर्न, स्वास्थ्य अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक रहेको बताउनुभयो ।
उहाले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि ऐनको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । त्यही मस्यौदामाथी विज्ञहरुले आफ्नो सुझाव दिएका थिए ।
निर्देशक डा खड्काले चालू आवमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।
यता, प्रदेश सरकार सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले प्रदेश सरकारले चालू आर्थिक बर्षमा अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । ‘कर्णालीको स्वास्थ्य शिक्षाको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने अवधारणा अघि सारिएको मन्त्री बिसीले भन्नुभयो, “प्रदेश अस्पतालको स्तरोन्नति र प्रतिष्ठानको रुपमा विकास गरेर जटिल स्वास्थ्य समस्याको उपचार र डाक्टर उत्पादन कर्णालीमै गर्छौ ।”
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिँदै
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु