सुर्खेत । रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ ।
आइतवार बेलुका आठबिसकोट नगरपालिका–५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो । उहा भदौ ३१ गतेदेखि हराउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बालककी आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिनुभयो ।
बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको श्रेष्ठले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, सुर्खेतको वीरेन्द्रनगरमा दुई तले घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । आइतबार साँझ उहाको उपचारको क्रममा मृत्यु भएको हो ।
वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित ४६ वर्षीया मनिराम चौधरी आफ्नै घरको दुईतला घरबाट खसेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।
प्रहरीकाअनुसार घरको तलाबाट खसेर चौधरीको टाँउको तथा शरीरको विभिन्न भागमा भित्री चोट लागि घाइते भएपछि देउती नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुकुम पश्चिममा हराइरहेका एक बालक मृत फेला
रुकुम पश्चिममा हराइरहेका एक बालक मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
