काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले संविधान दिवसको अवसरमा समकक्षी, नेपाल र नेपाली जनलाई शुभकामना दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति जिनपिङ, प्रधानमन्त्री खछ्याङ र विदेशमन्त्री वाङ यीले शुभकामना सन्देश दिएको चिनियाँ दूतावासले जनाएको छ ।
दूतावासका अनुसार राष्ट्रपति जिनपिङले नेपालसँगको राजनैतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङले भन्नुभएको छ, ‘चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी हुन् । अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि हामी दुई देश सधैं एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्ने गर्छौं ।’
राष्ट्रपति जिनपिङले नेपालसँगको राजनैतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुभएको छ ।
उहाले भन्नुभएको छ, ‘यसै क्रममाआपसी राजनैतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ । चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ ।’
चिनियाँ राष्ट्रपतिले सन्देशमा बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) को उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै नेपाल र चीन कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेको चाइना रेडियो इन्टरनेसनल (सीआरआई)ले जनाएको छ ।
यस्तै चिनियाँ समकक्षी ली खछ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै भन्नुभएको छ, ‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन् । आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ । संयुक्त रूपमा बेल्ट एण्ड रोडको निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोगको सक्रिय विस्तार गरिरहेका छौँ ।’
उहाले नेपाली प्रधानमन्त्रीसँग मिलेर दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश तथा दुई देशका जनताको अझ बढी हित कल्याण सिर्जना गर्दै जाने मेरो इच्छा रहेको उल्लेख गर्नुभएको छ ।
यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई टेलिफोन गरेर संविधान दिवसको शुभकामना दिनुभएको छ ।
परराष्ट्रमन्त्री वाङयीले चीन र नेपाल नदी र पहाडसँग जोडिएर युगौँयुगदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै दुई पक्षको साझा प्रयासमा दुई मुलुकको सम्बन्ध निरन्तर रूपमा गहन भएर परम्परागत मित्रता सुदृढ हुँदैआएको बताउनुभएको छ ।
नेपाल र चीनबीचको मित्रता दिनदिनै बढ्दै गइसकेको छः सी जिनपिङ
नेपाल र चीनबीचको मित्रता दिनदिनै बढ्दै गइसकेको छः सी जिनपिङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
