सुर्खेत । आफ्नै लैङ्गिक पहिचान खुलाएर मताधिकार उपयोग गर्न सक्ने वातावरण बनाइदिन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तीहरुले माग गरेका छन ।
प्रदेश राजधानी सुर्खेतमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई निर्वाचनमा समावेश बनाउने विषयमा राजनीति दलहरुसंगको छलफल कार्यक्रममा बोल्दै उनिहरुले यस्तो माग गरेका हुन ।
सुर्खेतका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अञ्जली विसीले परिचय खुलाएरै मताधिकार उपयोग गर्न सक्ने वातावरण अझै बनि नसकेको बताउनुभयो ।
उहाँले निर्वाचनमा महिला र पुरुष भनेर छुट्याउने गरिएको भन्दै यौनिक तथा लैंगिक अल्प संख्यक समुदायको लागि छुट्टै व्यवस्था नभएको तर्फ सबै पक्षले सोच्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै निलहीरा समाजका संयोजक भक्ती शाहले सुर्खेत लगायत कर्णालीमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या दुइसय भन्दा धेरै भएपनि परिवार र समाजको डर खुल्न नसकेका बताउनुभयो ।
उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई यो निर्वाचनमा केही दलले निर्वाचनमा उम्मेद्धावार बनाएर सकरात्मक काम थालेको भन्दै यो सबैले अनुसरण गर्नुर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले राज्यले अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद गर्ने गरेको भन्दै संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पनि माग गरेका छन ।
यसैबिच, राजनितिक दलहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मागलाई सम्बोधन गर्नेगरी पहल गर्ने प्रतिवद्धता जनाएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले आगामी दिनमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तीहरुको सहभागिता हरेक क्षेत्रमा बनाउने विषलाई गम्भिर रुपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले केही कानुनी जटिलताका कारण यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई समेट्न नसकेको समेत स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस सुर्खेतका सचिव बालदिप कंडेलले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन कसैले पनि बेवास्ता गर्न नहुने बताउनुभयो ।
उहाँले पाटीका घोषणपत्रमा अवदेखी लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका मागलाई सम्बोधन हुने खाल्का कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
नेकपा एकिकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालले पनि आफ्नो पाटीले अहिले देशभर दुइ जना उम्मेलद्वार लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई गराएको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला नीकायका प्रतिनिधिसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त पाटीका नेताहरुको सहभागिता रहेको थियो ।
लैङ्गिक पहिचानसहितको मताधिकार प्रयोग गर्ने वातावरण बनाउन माग
लैङ्गिक पहिचानसहितको मताधिकार प्रयोग गर्ने वातावरण बनाउन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
