सुर्खेत । जाजरकोटमा चट्याङ्ग लागेर १० जना घाइते भएका छन् । गएराती परेको चट्याङ्गबाट १० जना घाइते भएका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बारेकोट गाँउपालिका–१ धौलाकोटका बीरबहादुर बोहोराको घरमा चट्याङ्ग परेको हो ।
चट्याङ्ग परि १० जना व्यक्तिहरुको शरीरको विभन्न भागमा चोट पटक लागि घाइते भएको प्रहरीको भनाई रहेको छ ।
यस्तै, चट्याङ्ग परेर एउटा गोरु मरेको छ । साथै घाइते सबैको जाजरकोटमा रहेको लिम्सा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जाजरकोटमा चट्याङ लागेर १० जना घाइते
जाजरकोटमा चट्याङ लागेर १० जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
