सुर्खेत । मनोसामाजिक समस्यालाई गम्भिर रुपमा नलिने गरिएको सरोकारवालाहरुले बताएका छन ।
कोशिष संस्थाले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताका विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले यस्तो बताएका हुन ।
उनिहरुले हरेक व्यक्ती मनोसामाजिक समस्यामा पर्न सक्ने भन्दै यसतर्फ सरकारले गम्भिर रुपमा सोच्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्गग महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले कर्णालीमा ३ प्रतिशत मनोसामाजिक नागरिक भएको बताउनुभयो ।
उहाकाअनुसार २०६८ सालको जनगणनामा नेपालभर कुल १.९४ प्रतिशत र कर्णालीमा ३ प्रतिशत रहेकोमा २०७८ सालको जनगणनामा यो संख्या बढेर आउँने सक्ने बताउनुभयो ।
अध्यक्ष शर्माले १० प्रकारका अपाङ्गता रहेका जसमा देखिने भन्दा नदेखिने अपाङ्गता धेरै भएको बताउँदै भन्नुभयो, ‘संघीयतापछि स्थानीय तहमा वास्तविक मानसिक स्वास्थय र मनोसामाजिक अपाङ्गताका भएका व्यक्ति नभई अन्य राजनीतिक पहुँचमा पुगेका व्यक्तिले मात्रै सेवा लिएका छन् । तीनै तहका सरकारले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङक समेत राख्ने गरेका छैनन् ।’
मनोपरामर्शकर्ता रूकुम टोमटाले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तीन तरिकाले गर्ने गरिएको बताउनुभयो । उहाले भन्नुभयो, ‘लुक्स, लिसन र लिंक रहेका छन ।’
उहाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरुलाई मात्र नभएर तिनका परिवार, शिक्षक र जनप्रतिनिधिहरुलाई पनि काउन्सिलिङ गर्ने गरिएको बताउनुभयो ।
यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आगामी दिनमा पनि मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताका विषयमा पैरवी र बहस गर्नु उपयुक्त रहेको बताउनुभयो ।
उहाले यस्ता अन्तरक्रिया तथा छलफल कार्यक्रमले मनोसामाजिक अपाङ्गताका व्यक्तिहरुमा समाचारले लेख्दा पत्रकारहरुलाई शव्द चयन लगायतका विषयमा थप सजिलो बनाउँने बताउनुभयो ।
मनोसामाजिक अपाङ्गताका विषयमा काम गर्दै आएको संस्था कोशिषले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा कार्यक्रम लागु गरि काम गरिरहेको छ ।
मनोसामाजिक समस्यालाई वास्था नगरिएको सरोकारवालाहरुको भनाई
मनोसामाजिक समस्यालाई वास्था नगरिएको सरोकारवालाहरुको भनाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु