सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल र सहायक वन अधिकृत टेकबहादुर रावलविरुद्ध मुद्दा दायर भएको छ ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा विवरण पेश गरि रकम भुक्तानी दिनेरलिने वन अधिृकत दाहालसहति ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुट्टा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाई चार लाख ३६ हजार ७२२ रुपैयाँ बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारमा उजुरी परेको छ ।
आयोगका अनुसार उनिहरुले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको पुष्टि हुन आएकोले निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ) र (ङ)द्वारा परिभाषित कसुर भएकोले गोविन्दप्रसाद दाहाल र टेकबहादुर रावलउपर बिगो चार लाख ३६ हजार ७२२ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।
यसैबिच, सिंचाइ योजनाका नाममा कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सुर्खेतको घुमखहरेको लामिताले मोटर सिंचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएको हो । १५ वर्षअघिको घटनामा अख्तियारले ४ लाख ३८ हजार रुपैयाँ विगो माग दावी गरेको छ ।
अख्तियारले तत्कालिन घुमखहरे गाविसका सचिव खड्कबहादुर रोकाया, देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्र प्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन डिभिजनल वन अधिकृत र सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर
तत्कालीन डिभिजनल वन अधिकृत र सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
