काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन ।
दसैं अगावै सिट फाँडफाँट सक्न नेताहरू अन्तिम कसरतमा जुटेका हुन् । निर्वाचन आयोगले असोज २३ गते प्रतयक्षतर्फ मनोनयन दर्ता गर्ने मिति तय गरेको छ ।
गठबन्धनका एक नेताका अनुसार प्रतिनिधिसभामा कांग्रेसले ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सम्भावना छ । तर, यो नै गठबन्धनभित्रको अन्तिम सहमति नभएको कार्यदल सदस्यसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनमा दलहरुले अहिले पनि आ–आफ्नो दाबी पेस गरिरहेका छन् । सिट भागबण्डा टुंग्याउन नेताहरूलाई निकै सकस परेको बताइएको छ ।
दोस्रो तहका नेताहरुले सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरूलाई आफ्नो दाबी नछोड्न चुनौति दिइरहेका छन् ।
उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।
सिट बाँडफाँडमा गठबन्धन दलहरु सहमती नजिक, कुन दलको भाग कति सिट ?
सिट बाँडफाँडमा गठबन्धन दलहरु सहमती नजिक, कुन दलको भाग कति सिट ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
