दैलेख । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दैलेखबाट स्वतन्त्रसहित ३६ जनाले उमेद्वारी दर्ता गराएका छन ।
दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट रविन्द्र राज शर्मा, सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा एकीकृत समाजवादीका अम्मर बहादुर थापाले उमेद्वारी दिएका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री कुन्ती शाहीले उमेद्वारी दिनुभएको छ ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टीका ईन्द्र प्रसाद शर्मा, नेपाली काँग्रेस (बि.पी) का भूपाल बहादुर थापाले पनि प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराएका हुन ।
यसैबिच, तीन जना स्वतन्त्र उम्मेदवारहरुले पनि उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
स्वतन्त्र उमेद्वारी दिनेहरुमा निरक बहादुर थापा, गणेश बहादुर शाही र गोपाल नेपाली रहेका छन । निर्वाचन क्षेत्र नं. १, ‘क’ प्रदेशसभातर्फ नेपाली काँग्रेसबाट पुर्ण बहादुर खत्री, नेकपा एमालेबाट धर्मराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हृदयराज शाही, नेपाल मजदुर किसान पार्टीबाट जगत बहादुर वली र स्वतन्त्रबाट चित्र बहादुर खत्रीले मनोयन दर्ता गराएको निर्वाचन कार्यालयले बताएको छ ।
निर्वाचन क्षेत्र नं. १, ‘ख’ मा नेपाली काँग्रेसबाट कृष्ण कुमार बिसी, नेपाल मजदूर किसान पार्टीबाट लक्ष्मी कुमारी सिंह, नेकपा एमालेबाट प्रेम बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रण बहादुर सिंह र स्वतन्त्रबाट टेक बहादुर खानले मनोनयन पत्र दर्ता गराएका हुन् । दैलेख निर्वाचन क्षेत्र नम्वर १, बाट प्रतिनिधि सभातर्फ ९ जना र प्रदेश सभातर्फ १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्वर २, बाट प्रतिनिधि सभातर्फ नेकपा (एमाले)का लक्ष्मी पोखरेलले उम्मेदवार दर्ता गराउनुभएको छ भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीले उमेद्वारी दिनुभएको छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखत बहादुर भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट केसेन्द्र प्रसाद कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र राज गिरीले मनोनयन दर्ता गराउनुभएको हो ।
निर्वाचन निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसबाट घनश्याम भण्डारी, नेकपा एमालेबाट तिलक प्रसाद रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यज्ञ बहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मदन कुमार भण्डारी, हाम्रो नेपाल पार्टीबाट प्रेम बहादुर भण्डारी र स्वतन्त्रबाट पुरुषोत्तम रिजाल र चक्रलाल सुनारले मनोनयन पत्र दर्ता गराएका छन् ।
क्षेत्र नम्वर २, प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रबाट योगेन्द्र बहादुर शाही, नेकपा एमालेबाट बिनोद कुमार शाह, स्वतन्त्रबाट राजेश कुमार शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र बहादुर शाही र नेमकिपा बाट जय बहादुर थापाले उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबिच, निर्वाचन कार्यतालिका अनुसार दाबी विरोध आजसम्म तय गरिएको छ ।
दैलेखमा ३६ जनाले दिए उम्मेदवारी
दैलेखमा ३६ जनाले दिए उम्मेदवारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
