सुर्खेत । पाचँ दिनदेखिको अबिरल वर्षाका कारण कर्णालीका विभिन्न जिल्लाका ठुलो धनजनको ठुलो क्षति भएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएका छन् ।
आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरुमाथि तिलाकर्णाली नदीमा लाश जलाउने क्रममा पहिरो खसेको थियो ।
पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो ।
तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिनुभयो ।
बेपत्ता हुनेहरुमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् ।
त्यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
बेपत्ता ५९ वर्षीय परमबहादुर शाही गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा विजयी वडा अध्यक्ष हुनुहुन्छ ।
यसअघि शुक्रवार गएको पहिरोमा परि तिलागुफा नगरपालिका–७, ५ र ६ का १ जना गरी ६ बेपत्ता भएका थिए । भने हिजो मात्रै तिलागुफा नगरपालिका–७ बालीगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका पाँच जना बेपत्ता भएका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाले तिलागुफा नगरपालिका अहिले शोकमग्न भएको छ ।
यस्तै कालिकोटकै सान्नी त्रिवणी गाउँपालिका —८ मा पहिरो जाँदा १४ वर्षीया केबुल केसीको मुत्यु भएको छ । दुई जना घाईते भएका छन् । अन्य धेरैको घरमा धनजनको क्षति भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले जानकारि दिनुभयो । पचालझरना गाउँपालिका–७ का ४७ वर्षीया परिलाल बोहोरा पनि बेपत्ता हुनुभएको छ ।
यस्तै, कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत रहनुभएको छ ।
उहाँ आज (सोमबार) बिहान खोला तर्ने क्रममा बग्नुभएको हो । रावत कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोलाले बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कालिकोटमा मात्रै २३ जना बेपत्ता भएका छन् ।
यस्तै, हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिनुभयो ।
यस्तै, घाइतेहुनेमा ३८ वर्षीय देउच्म कामी, ३६ वर्षीय औगती कामी, १२ वर्षीय निरूता कामी, १४ वर्षीय मनिका कामी र ३ वर्षीय तपेन्द्र कामी रहेका उपाध्यक्ष शाहीले बताउनुभयो । घाइतेको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उपाध्यक्ष शाहीले बताउनुभयो ।
कर्णालीमा बाढी पहिरोमा परि अहिलेसम्म १७ जनाको मृत्यु
कर्णालीमा बाढी पहिरोमा परि अहिलेसम्म १७ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
