सुर्खेत । कर्णाली प्रदेशमा १२ वटा प्रतिनिधिसभा क्षेत्रमध्य काँग्रेसले ४ वटा क्षेत्रमा मात्रै उमेद्वारी दर्ता गराएको छ ।
निर्वाचन आयोगका विवरण अनुसार काँग्रेसले ४ वटा निर्वाचन क्षेत्रमा मात्रै आफ्ना उमेद्वार उठाएको हो ।
अन्य ८ वटा क्षेत्रमा सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी (केन्द्र) र नेकपा एकिकृत समाजवादी पार्टीले उमेद्वारी दिएका छन । काँग्रेसले उनिहरुलाई सघाउने भएको छ ।
काग्रेसले सुर्खेतका दुइवटै क्षेत्र दैलेख क्षेत्र नम्बर २, मुगु क्षेत्र नम्बर १ मात्रै प्रतिनिधिसभाको लागि आफ्ना उमेद्वार उठाएको हो ।
जस अन्तरत सुर्खेत क्षेत्र नम्बर १ मा काँग्रेस उपसभापति समेत रहनुभएका पूर्ण बहादुर खड्काले आफ्नो उमेद्वारी दर्ता गराउनुभएको छ भने क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी निर्वाचनमा होमिनुहुने भएको छ ।
त्यसैगरी, काँग्रेसले दैलेख क्षेत्र नम्बर २ बाट नेता दिक्पाल शाहीलाई उमेद्वार बनाएको छ भने मुगु क्षेत्र नम्बर १ बाट ऐन बहादुर शाहीलाई उमेद्वार बनाएको छ ।
कर्णालीका ४ वटा निर्वाचन क्षेत्रमा मात्रै काँग्रेसको उमेद्वारी
कर्णालीका ४ वटा निर्वाचन क्षेत्रमा मात्रै काँग्रेसको उमेद्वारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
