सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परि मृत्यु र बेपत्ता भएकोप्रति दुख व्यक्त गर्नुभएको छ ।
आज शोक वक्तव्य जारी गर्दै प्रदेशका विभिन्न जिल्लामा भएको विपद्का घटनाले आफुलाई दुखि तुल्याएको बताउनुभएको हो ।
वक्तव्यमा उहाले भन्नुभएको छ, “यस वर्ष अविरल बेमौसमी वर्षात कारण कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, सल्यान, सुर्खेत लगायत देशैभर मानविय क्षती सँगँंगै पाकिसकेका बालीनाली लगायत ठुलो भौतिक संरचनाहरुमा ठुलो क्षती पुरयाएको छ । कर्णालीमा वर्षेनी हुने यस्ता घटनाले मलाई अत्यन्त दुखीत तुल्याएको छ ।”
कालिकोट तिलागुफा–४ राँचुल्ली गाँउमा मलामी गएकाहरु मध्ये पहिरोमा र बाढीमा परि “निर्वाचित वडा अध्यक्ष सहित १३ जनाको मृत्यु भएको प्रति उहाले दुख व्यक्त गर्नुभएको छ ।
साथै प्रदेश प्रमुख परियारले मुगु हुम्लामा दैलेखमा सल्यान लगायतका जिल्लामा बाढी पहिरोमा परि मृत्यु भएकोप्रति आफुलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
प्रदेश प्रमुख परियारले दुखको यस घडिमा तत्काल उद्धार, राहत तथा पुर्नस्थापना एवम् जोखिममा परेका वस्तीको स्थानान्तरणमा तिनै तहका सरकार तथा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

