सुर्खेत । कर्णालीलाई छुट्टै प्रदेश र राजधानी सुर्खेत बनाउन आफुले ठुलो भुमीका निर्वाह गरेको नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानीले बताउनुभएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उमेद्वार समेत रहनुभएका थानीले बुधबार बिहान वाम लोकतान्त्रिक गठबन्धनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सुदुर पश्चिममा गाभिएको कर्णालीलाई छुट्टै प्रदेश र राजधानी सुर्खेत बनाउन आफुले ठुलो भुमीका निर्वाह गरेको बताउनुभएको हो ।
उहाले भन्नुभयो, “प्रदेश संरचना बनाउने बेला कर्णालीका जिल्लाहरुलाई सूदुरपश्चिममा गाभ्ने र डोटी राजधानी राख्ने जस्ता निर्णयको मैले यस जिल्लाको तत्कालिन संविधानसभा सदस्यको हैसियतले विरोध गरेँ । ठुला राजनितिक दलका नेताहरुलाई जनताको चाहाना बुझ्न बारम्बार आग्रह समेत गरेँ, अनि मात्रै छुट्टै प्रदेश र सुर्खेत राजधानी बनाउन सफल भएको कुरा जनताले बुझेका छन् ।”
छुट्टै प्रदेश र राजधानी सुर्खेत बनाउन जनताको आन्दोलनका क्रममा शहिद बनेका व्यक्तीहरुको सपना साकार पार्न अब कर्णालीलाई समृद्ध बनाउनतर्फ केन्द्रीत हुनुपर्नेमा थानीले जोड दिनुभयो ।
थानीले देशको आवश्यकताले गठवन्धन बनेको भन्दै गठबन्धनमा आवद्ध दलहरु एउटै डुंगामा बसेकोले कसैले पनि तलमाथि नगर्न आग्रह गर्नुभयो ।
समग्र कर्णालीको विकासका लागि गठबन्धन बलियो हुन आवश्यक रहेको औल्याउनुभयो ।
उहाले भन्नुभयो, “संविधानलाई सही ट्रयाकमा राख्न अहिलेको गठबन्धन बनेको हो, अब बन्ने गठबन्धनको सरकारले हामीले संघर्ष गरेर स्थापना गरेको कर्णाली प्रदेशसँगै देशको विकासलाई अगाडी लैजानु छ, त्यसैले गठबन्धनमा रहेका दलहरु तलमाथी नगरि इमान्दारिता पूर्वक लाग्नुपर्छ ।”
थानीले निर्वाचन जितेपछि सु–साशन कायम गर्न पहल गर्ने बताउँदै नताबाद कृपावाद नभई समग्र समाज रुपान्तरणमा आफुले योगदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रदेश र देशको नेतृत्व गर्ने सुनौलो अवसर
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट वाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको उमेद्वारहरुले दाबी गरेका छन ।
उनिहरुले आगामी निर्वाचनपछि अहिलेकै सत्ता गठबन्धनको बलियो सरकार बन्ने भन्दै प्रदेश र देशको नेतृत्व गर्ने सुनौलो अवसर आएको बताएका हुन ।
उनिहरुले अब बन्ने बलियो सरकारले विकासको गतिलाई तिव्र रुपमा अगाडी लिने बताउँदै निर्वाचितपछि जनतामा रहेको निरासालाई आशामा बदल्ने बताएका हुन ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार विन्दमान विष्टले सुर्खेती जनताले अवसर पाएको बताउँदै जनताले गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताएको खण्डमा पदेश र संघको नेतृत्व पनि सुर्खेतबाट जितेका गठबन्धनका उम्मेदवारले गर्ने बताउनुभयो ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट उम्मेदवार कालिप्रसाद शाक्यले लोकतान्त्रिक बाम गठबन्धनको आफ्नै खालको रणनीति लिएर निर्वाच्नमा होमिएको बताउनुभयो ।
निर्वाचन–१ (क) प्रदेश सभा सदस्यका उम्मेदवार खड्क पोखरेलले संविधानको रक्षा र सुर्खेतको परिवर्तनकन लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कर्णालीलाई छुट्टै प्रदेश र राजधानी सुर्खेत बनाउन हाम्रो भुमीका धेरै छ, अब समृद्ध प्रदेश बनाउछौः पूर्वमन्त्री थानी
कर्णालीलाई छुट्टै प्रदेश र राजधानी सुर्खेत बनाउन हाम्रो भुमीका धेरै छ, अब समृद्ध प्रदेश बनाउछौः पूर्वमन्त्री थानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
