सुर्खेत । पाँच दिनको लगातारको बर्षा पछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७ सय १५ घर परिवारका ४ हजार भन्दा धेरै व्यक्ती विस्थापित भएका छन ।
प्रहरीको तथ्याङ्क अनुसार ७ सय १५ घरपरिवारका ४ हजार एक सय ५ जना विस्थापित भएका हुन ।
सबैभन्दा धेरै मुगुका २ सय १४ घर परिवारका ११ सय २ जना विस्थापित भएका छन । भने सबैभन्दा कम जाजरकोटका र रुकुम पश्चिममा ३÷३ घरपरिवारका ३० जना व्यक्ती विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै, सुर्खेतका ८ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका २ सय २१ जना, जुम्लामा १ सय ८७ घरपरिवारका एक हजार एक सय ६६ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सुचना अधिकारी माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, कालिकोटमा १ सय ६७ घर परिवारका एक हजार २ सय ६९ जना, हुम्लाका ४५ घरपरिवारका एक सय ८१ जना विस्थापित भएको उहको भनाई छ । डोल्पामा ४ घरपरिवार विस्थापित भएका छन ।
प्रहरीका तथ्याङ्क अनुसार मृतकको संख्या ३६ पुगेको छ । राहत र उद्दारका लागि एक हजार ९ सय ३८ प्रहरी खटाइएको सुचना अधिकार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिकुल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तीहरुलाई वितरण गर्न नसकिएको जनाइएको छ ।
बाढी पहिरोका कारण कर्णालीमा ७ सय भन्दा धेरै परिवार विस्थापित, मृतकको संख्या ३६ पुग्यो
बाढी पहिरोका कारण कर्णालीमा ७ सय भन्दा धेरै परिवार विस्थापित, मृतकको संख्या ३६ पुग्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
