सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन ।
निर्वाचन आयोगले दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गरेको हो । जस अनुसार कर्णाली प्रदेशबाट १२ निर्वाचन क्षेत्रमा ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
जसअनुसार सल्यानबाट २ स्वतन्त्रसहित ९ जना छन भने डोल्पामा एक स्वतन्त्रसहित ५ जना प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिने छन ।
त्यसैगरी, मुगुमा २ स्वतन्त्रसहित ५ जना, जुम्लामा एक स्वतन्त्रसहित ५ जना, कालिकोटमा २ स्वतन्त्रसहित ७ जना, हुम्लामा तिन जना निर्वाचन मैदानमा उत्रिएका छन ।
यस्तै, जाजरकोटमा एक स्वतन्त्रसहित ६ जना निर्वाचनमा होमिदा दैलेखमा २ स्वतन्त्रसहित १३ जना, सुर्खेतमा १७ जना र रुकुमपश्चिमा २ स्वतन्त्रसहित ६ जना प्रतिनिधिसभा निर्वाचनमा होमिने छन ।
कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा २÷२ निर्वाचन क्षेत्र छन भने अन्य ८ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका छन ।
सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छ ।
कर्णालीबाट १२ सिटका लागि ७४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने
कर्णालीबाट १२ सिटका लागि ७४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
