सुर्खेत । कर्णालीबाट आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वारी दिनेको लर्को लागेको छ ।
पर्टीबाट टिकट नपाएपछि केहीले विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दिएका छन भने केहीले कुनै पार्टीमा आवद्ध नभएर स्वतन्त्र उम्मेद्वारी दिएका हुन ।
कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन । दैलेख र सुर्खेतमा २÷२ निर्वाचन छन भने अन्य ८ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका छन ।
सुर्खेत र हुम्ला बाहेक अन्य ८ जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि १३ जना स्वतन्त्रबाट निर्वाचन लड्ने तयारी गरेका हुन । उम्मेद्वारहरुको अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशित गरिसकेको छ ।
जस अन्तरगत सल्यानबाट २ जना राजेन्द्र बहादुर शाह र जुद्ध बहादुर सिंहले स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचन लड्न लाग्नुभएको छ ।
यस्तै, डोल्पाबाट पनि विर बहादुर रोकाया स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ भने मुगुमा २ जना कृष्ण बहादुर सेजुवाल र भीम चन्द्र हमाल प्रतिनिधिसभाको स्वतन्त्र उम्मेद्वारका रुपमा खडा हुनुभएको छ ।
यसैगरी, जुम्लाबाट डा.कल बहादुर रोकाया स्वतन्त्र उम्मेदवार बन्दा कालिकोटमा पनि २ जना काशी चन्द्र बराल र धन प्रसाद पाण्डे स्वतन्त्र उम्मेद्वार बनेर निर्वाचन लड्न लाग्नुभएको हा । भने जाजरकोटबाट नर बहादुर कार्कीले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।
यता, दैलेख र रुकुम पश्चिममा पनि २÷२ जना स्वतन्त्रबाट निर्वाचन लड्दै छन । जसअन्तरगत दैलेखबाट निरख वहादुर थापा र गोपाल नेपालीले स्वतन्त्र उम्मेद्वारी दिँदा रुकुम पश्चिममा
रुकुमपश्चिबाट तारक के.सी. र राजन पाण्डे स्वतन्त्रबाट निर्वाचन लड्दै छन । रुकुम पश्चिम हालका अर्थमन्त्री जनाद्र्धन शर्माको निर्वाचन क्षेत्र रहेको जिल्ला पनि हो ।
प्रतिनिधिसभा सदस्यका लागि कर्णालीबाट १३ जना स्वतन्त्र उम्मेद्वार
प्रतिनिधिसभा सदस्यका लागि कर्णालीबाट १३ जना स्वतन्त्र उम्मेद्वार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
