सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा बेवारिसे शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ८ खटाङ्ग स्थित भेरिनादी किनारमा अन्दाजी बर्ष ३०–३५ को पुरुष को शव फेला परेको हो ।
शुक्रबार दिउसो भेरी नदीको छेउमा गएका स्थानीयले बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै मेहेलकुना प्रहरी चौकी बाट प्रहरीको टोलि शव भेटिएको ठाउमा पुगेको थियो ।
शव धेरै दिन पहिले देखि भेरी नदीले बगाउदै ल्याएको तथा शव सडीसकेको अबस्थामा भेटिएको मेहेलकुना प्रहरी चौकीले जनाएको छ ।
हाल बेवारिसे शव लाई पोस्टमार्टम को लागी मेहेलकुना अस्पतालको शव गृहमा राखिएको बताइएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा बेवारिसे शव फेला
सुर्खेतको गुर्भाकोट नगरपालिकामा बेवारिसे शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
